२१ कार्तिक २०८३, शनिबार

एक सय वर्ष पुरानो मुर्ति सहित दुई जना पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डौं, २ साउन । एक सय वर्ष पुरानो बालगोपालको मुर्ति सहित दई जना पक्राउ परेका छन् । प्राचिन पुरातात्विक महत्वको मुर्ति विक्रि हुँदैछ भन्ने विशेष सुराकीको आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाल्पा छहरा गाउँपालिका–४ का २७ वर्षीय दोलख बहादुर सोमई र काभ्रे तेमाल गाउँपालिका–५ का ३७ वर्षीय दिपक मैनाली रहेका छन् । सोमईको पेरिसडाँडा स्थित कोठाबाट खानतलासी गरी प्रहरीले ८ किलो १ सय ७० ग्रामको ३४ सेमी लम्बाई भएको एउटा मुर्ति बरामद गरेको हो ।

पक्राउ परेका दुवैजनालाई प्राचिन स्मारक संरक्षण ऐन बमोजिम आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाईएको प्रहरीले जनाएको छ ।