
काठमाडौँ, १ साउन । कमजोर आर्थिक अवस्था भएका युवतीलाई ओमान लगेर बिक्रि गरेको आरोपमा प्रहरीले एक घर÷जग्गा कारोवारीलाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक बाँसखर्क घर भई गोकर्ण बस्ने सुनिल कुमार तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको हो ।
तामाङले ओमान पु¥याइएकी एक युवतीलाई नेपाली दुतावासले २१ महिनापछि उद्धार गरेको थियो । उनलाई त्यँहा शारिरीक तथा मानसिक यातना दिइएको बताइएको छ ।
घटनामा संलग्न राजेन्द्र बाँनियालाई सिआइबीले जेठ २० गते पक्राउ गरेको थियो । तामाङ फरार रहेकोमा शंकरापुर– ६ बाट उनलाई पक्राउ गरिएको सिआइबीका एसपी कृष्ण हरी शर्माले जानकारी दिए ।












प्रतिक्रिया