२१ कार्तिक २०८३, शनिबार

चितवन पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३२ असार । स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले अनशनरत डा गोविन्द केसीका माग हुबहु पूरा गर्न नसकिने बताउनुभएको छ । पूर्ण खोप सुनिश्चित भरतपुर महानगरपालिका तथा चितवन जिल्ला घोषणा समारोहलाई सोमबार भरतपुरमा सम्बोधन गर्नुहुँदै उहाँले केसीका सबै माग पूरा गर्न नसकिने बताउनुभयो ।

केसीका मागप्रति सरकार गम्भीर रहेको भन्दै उहाँले जायज माग पूरा गर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रको बेथिति रोक्दै जनताको घरदैलोमा स्वास्थ्य सेवाको पहुँच पु¥याइने राज्यमन्त्री अर्याालको भनाइ थियो ।

अहिले पनि देशभरका दुई हजार ३१२ वटा वडामा स्वास्थ्य संस्था नभएको भन्दै उहाँले ती वडामा स्वास्थ्य सेवा पु¥याउने सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

फरक प्रसंगमा उहाँले असारे विकासको परम्परालाई तोड्दै भदौबाटै विकास निर्माणका काम गर्ने परिपाटीको विकास गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा सांसद दिलकुमारी (पार्वती) रावल, प्रदेश सांसद कृष्ण खनाल, गीता वाग्ले, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झालगायतले बोल्नुभएको थियो ।

सो अवसरमा शुरुमा भरतपुर महानगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरी जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो ।

कार्यक्रममा पूर्ण खोपयुक्त जिल्ला बनाउन सहयोग पु¥याउने विभिन्न व्यक्ति र संघ संस्थालाई सम्मान गरिएको थियो ।

जिल्लामा पहिलो पटक फूलबारी गाउँविकास समितिमा २०७१ साल असार १८ गते पूर्णखोपयुक्त गाउँ विकास समिति घोषणा गरिएको थियो । महानगरपालिकाको वडा नं– ६ बाहेक १ देखि १२ सम्मका ११ वटा वडालाई पूर्णखोपयुक्त वडा घोषणासँगै महानगरलाई पूर्ण खोपयुक्त महानगर घोषणा गरिएको हो । सो पश्चात् जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो ।

जिल्लामा सबै बालबालिकाले ती सबै खोप पाएको सर्वेक्षणबाट देखिएपछि जिल्ला पूर्ण खोपयुक्त घोषणा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाले बताउनुभयो ।

जिल्लामा एक वर्षमा १४ हजार तीन सय बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । हरेक महिना २२७ वटा खोप क्लिनिकबाट २५० खोप सेसन मार्फत् खोप सेवा प्रदान गरिँदै आएको छ ।–रासस