२१ कार्तिक २०८३, शनिबार

फलाम खानीको सम्भाव्यता अध्ययन यसै वर्षबाट सुरु हुने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


नवलपुर, ३२ असार ।
नवलपुरको धौवादीमा भेटिएको फलाम खानीको यसै आर्थिक वर्षबाट सम्भाव्यता अध्ययन हुने भएको छ । खानी तथा भूगर्भ विभागले यस वर्षबाटै सम्भाव्यता अध्ययन प्रक्रिया शुरु गर्ने जनाएको हो ।

विभागले गरेको प्रारम्भिक अध्ययनका क्रममा बर्दघाट सुस्ता पुर्व नवलपुरको धौवादीमा फलाम रहेको पुष्टि भएपनि कति परिमाणमा छ भन्नेबारेमा भने स्पष्ट भइनसकिएको विभागका महानिर्देशक राजेन्द्र प्रसाद खनालले जानकारी दिए ।

सो क्षेत्रमा ३० मिटरको गहिराईदेखि १० किलोमिटर क्षेत्रमा फलाम खानी रहेको हुनसक्ने आंकलन गरिएको छ । विभागले डेढ साताअघि गरेको अध्ययनको प्रतिवेदनलाई अनुसन्धनका लागि चीनको छेन्दुस्थित एक सरकारी अनुसन्धन केन्द्रमा पठाईएको छ ।

सो अनुसन्धनको अध्ययन प्रतिवेदनका लागि ३ महिनाको समय दिईएको महानिर्देशक खनालले जानकारी दिए ।

चिनियाँ अनुसन्धान प्रतिवेदनका अधारमा फलाम खानीको सम्भाव्यता अध्ययन प्रक्रिया आगामी आर्थिक वर्षबाटै शुरु गरिने खनालको भनाई छ ।  नेपालमा पेट्रोलियम, धातु लगायत खनिज प्रदार्थको पर्यप्त सम्भावना रहेपनि अनुसन्धान प्रभावकारी हुन सकेको छैन ।