२१ कार्तिक २०८३, शनिबार

जर्बजस्तीकरणीका घटना बढेसंगै सचेतना अभियान सुरु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-बेलिना थापा

लमजुङ, १४ असार । जिल्लामा जर्बजस्तीकरणी सम्बन्धी घटना बढेको भन्दै जिल्ला प्रहरी कार्यलय लमजुङले सचेतनाका कार्यक्रम संचालन गरेको छ । जिल्ला प्रहरी कार्यलयको महिला तथा बालबालिका सेलले समुदायमा गएर सचेतना फैलाउन थालेको हो ।

महिला तथा बालबालिका सेलकी प्रमुख नन्दु अधिकारीले जिल्लामा बढ्दो जर्बजस्तीकरणी, महिला हिंसा जस्ता अपराध न्यूनीकरणका लागि कार्यक्रम संचालन गरिएको बताइन् । उनका अनुसार प्रहरीले प्रत्येक हप्ता बजार क्षेत्र मात्र नभएर ग्रामीण भेगमा समेत कार्यक्रम संचालन गर्नेछ । गाउँगाउँमा महिला समूह, बालबालिकाकाबीचमा सचेतनामूलक कार्यक्रम गरिने उनले बताइन् ।

‘महिला समूहमा यस्ता कार्यक्रमको आवश्यता छ । उनीहरुलाई सचेत बनाउने हाम्रो अभियान हो’ उनले भनिन, ‘समाजका हरेक महिला, बालबालिकालाई जर्बजस्तीकरणी, महिला हिंसा जस्ता अपराधको बारेमा सचेत गराउनेछौँ’ ।

बिहिबार सदरमुकाम बेंसीशहरमा आमा समूहकाबीच संचालन गरिएको सचेतना कार्यक्रममा अधिकारीले जर्बजस्तीकरणी, महिला हिंसाको न्यूनीकरण, सबुत प्रमाण संकलन सम्बन्धी विषयमा प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रममा निमित्त महिला विकास अधिकृत सितादेबी गैह्रेले जर्बजस्तीकरणी, महिला हिंसा जस्ता अपराध न्यूनीकरणका महिला स्वंयम सचेत हुन आवश्यक रहको बताइन् । उनले यस्ता अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताइन् ।