२१ कार्तिक २०८३, शनिबार

कालीगण्डकीमा जिप खस्दा दुई जना बेपत्ता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


म्याग्दी, १४ असार । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका १, तिप्ल्याङमा बिहीबार कालीगण्डकी नदीमा जिप खस्दा चालकसहित दुई जना बेपत्ता भएका छन् ।

अन्नपूर्ण गाउँपालिका ७ घराम्दीबाट सदरमुकाम बेनी गईरहेको लु २ च २४५४ नम्बरको बोलेरो जिप तिप्ल्याङ खण्डको सडकबाट कालीगण्डकी नदीमा खसेको प्रहरीले जनाएको छ ।

जिप छुट्दा चालक बेनपा ९ का अन्दाजी ३२ वर्षिय रवि खड्का र घराम्दीकी २० वर्षिया सबिता परियार सवार रहेको प्रहरीको भनाई थिए । अन्य यात्रु भए नभएको खुलेको छैन् ।