२१ कार्तिक २०८३, शनिबार

राप्रपा सचिवालय प्रमुख भद्राले पदवहाली गरे

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका सह–महामन्त्री भाष्कर भद्राले बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा औपचारिक पदवहाली गरेका छन् ।

पार्टी अध्यक्ष कमल थापाले उनलाई पार्टीको सह–महामन्त्रीमा मनोनित गरि कार्यबाहक महामन्त्री सहित केन्द्रिय सचिवालय प्रमुखको समेत जिम्मेवारी प्रदान गरेपछि आज पदवहाली भएको हो ।

पदवहालीपछि संक्षिप्त सम्बोधनका क्रममा नवनियुक्त सचिवालय प्रमुख भद्राले सचिवालयलाई चुस्त, दुरुस्त ढंगबाट सञ्चालन गर्न सबैको सहयोगको अपेक्षा गर्दै पार्टीले लिएको एजेण्डालाई जनतामाझ पुर्‍याउन तथा पार्टी संगठनलाई विस्तार गर्न सचिवालयको तर्फबाट सशक्त योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

पार्टी केन्द्रीय कार्यालयको हलमा सचिवालयद्वारा आयोजित कार्यक्रममा काठमाडौंमा उपलब्ध नव नियुक्त प्रदेश अध्यक्षहरु विक्रम बहादुर थापा–३ नं. प्रदेश, धनबहादुर बुढा– ५ नं. प्रदेश र श्याम बहादुर शाही– ७ नं. प्रदेशलाई समेत बधाइ तथा शुभकामना व्यक्त गरिएको थियो ।