२१ कार्तिक २०८३, शनिबार

‘लाइट स्टोन’ सहित एक पक्राउ

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-बेलिना थापा

लमजुङ, १४ असार । प्रहरीले उज्यालो प्रकाश दिने पत्थर (लाइट स्टोन) सहित लमजुङको बेंसीशहरबाट एक जनालाई पक्रेको छ ।

बेंसीशहर नगरपालिका ७ को घनपोखरा गेष्ट हाउसबाट गोरखा अजितकोट गाउँपालिका वडा नम्बर ४ का ५३ बर्षका चन्द्रबहादुर तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए ।

अण्डा आकारको सेतो ढुंगाजस्तो पत्थर रातको समयमा उज्यालो प्रकाश दिने वस्तु किनवेच गर्न मोलमोलाई भइरहेको भन्दै आएको सुराकीको आधारमा प्रहरीले उक्त ठाउँमा छापा मारेर तामाङलाई खानतलासी गरेको थियो ।

गेष्ट हाउसको कोठामा तामाङ बसिरहेको र उनको शरीर तथा कोठा खानतलासीका क्रममा लो–बेडको सिरानीमुनि कागजभित्र कपासले बेरेर राखिएको अवस्थामा उक्त वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले उक्त बस्तुलाई परीक्षणको लागि नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला पठाउने तयारी गरिएको बतँए ।

मंगलबार पक्राउ गरिएका तामाङलाई १ साताको म्याद थप गरी बुधबारबाट अनुसन्धान थालिएको अधिकारीले जनाए । तामाङलाई ठगी मुद्धामा कारबाही गर्ने प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।