२१ कार्तिक २०८३, शनिबार

अपाङ्गता भएका व्याक्तिलाई प्राथमिकता दिनेमा जोड

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कपिलवस्तु(चन्द्रौटा), १४ असार । शारीरिक रुपमा अपाङ्गता भएका व्याक्तिलाई जुनसुकै कार्यमा पनि प्राथमिकता दिने सरोकारवालाहरुले जोड दिएका छन ।

राज्यले प्रदान गरेका अधिकारमा कन्जुसाई नगरी पूर्ण रुपमा पालना गरि अपाङ्गता भएका व्याक्तिहरुको अधिकारको लागि पहल गरिने शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले बताए । शिवराज नगरपालिका चन्द्रौटामा आयोजित सरोकारवाला निकायवाट अपाङ्गता भएका व्याक्तिहरुले पाउने सेवा सुविधाका वारेमा सार्वजनिक सुनुवाई कार्यक्रममा यस्तो बताइएको हो ।

राज्यले अपाङ्गता भएकाहरुलाई सम्पूर्ण क्षेत्रमा अधिकार दिएको हुँदा सबै अधिकार पूर्ण रुपमा पालना गर्नुपर्ने नगरप्रमुख अधिकारीले बताए । सहभागीहरुबाट आएको जिज्ञासालाई मेटाउँदै नगरपालिकाले प्रमुख अधिकारीले अपाङ्ग व्याक्तिहरुको लागि भनि नगरपालिकाले ६ लाख बजेट विनियोजन गरेको बताए । आवश्यक अनुसार ह्वील चियर लगायतका सामाग्री खरिद गरि शारीरिक रुपमा अपाङ्गहरु सहज रुपमा हिँडडुल गर्ने व्यवस्था मिलाउने अधिकारीले बताए ।

शिवराज नगरपालिकाका भवनहरु अपाङ्गमैत्री हुनुपर्ने, यात्रा गर्दा भाडामा छुट हुनुपर्ने, सिपमुलक तालिम तथा रोजगारको सिर्जना स्थानीय निकायले गरिदिनुपर्ने, अपाङ्ग परिचयपत्र नगरपालिकाबाट प्रदान गरिनुपर्ने लगायतका माग राखिएको छ । शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरीले अपाङ्ग भएका व्यक्तिहरुलाई समस्या परेमा जानकारी गराउन अनुरोध गरिन् ।

नगरस्तरीय अपाङ्ग पुनस्र्थापन समितिसँग आफूलाई आवश्यक सामाग्री माग गर्नुपर्ने बताउँदै मागहरुलाई नगरपालिकाले पूर्ण रुपमा सम्वोधन गर्ने जिकिर गरिन् ।