२१ कार्तिक २०८३, शनिबार

चिनियाँ रेल संयुक्त लगानीमा बनाउँदा पनि राम्रै हुन्छ : बडाल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १० असार । सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य केशब प्रसाद बडालले चिनियाँ रेल सके अनुदानमा नभए पनि दुवै देशको संयुक्त लगानीमा बनाउँदा राम्रो हुने स्पष्ट पारेका छन् ।

नेता बडालले विभिन्न माध्यमबाट नेपाल र चीन जोड्न जरुरी रहेको सुनाउँदै भने, ‘सम्भव हुँदा मित्रराष्ट्र भारत र चीनबाट नेपालमा अनुदानमा रेल ल्याउँदा राम्रो हुन्छ, यदि त्यो सम्भव नभए दुवै देशको संयुक्त लगानीमा पनि बनाउन सकिन्छ ।’

रिपोर्टर्स नेपालले आइतबार गरेको साक्षात्कारमा उनले रेलवे, सडक र ट्रान्समिशनमार्फत दुवै देशलाई जोड्न आवश्यक रहेको सुनाए । उनले भने, ‘यी सबै माध्यमबाट कनेक्टिभिटी जरुरी छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण समग्रमा सफल रहेको उनको विश्वास थियो । भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिन पिङलाई नेपाल भ्रमणको लागि पठाएको निमन्त्रणा समेत प्रदान गरेकोले चिनियाँ राष्ट्रपति छिट्टै नेपाल भ्रमणमा आउने बताउँदै उनले भने, ‘यो धेरै ठूलो उपलब्धि हो ।’

उनले भने, ‘चीनबाट केरुङहुँदै काठमाडौंसम्म चिनियाँ रेल आउनेबारे महत्वपूर्ण सम्झौता भएको छ, उक्त सम्झौता अनुसार २ वर्षभित्र डिपिआर तयार पार्ने र ७ वर्षभित्र रेलवे निर्माण गरिसक्ने भनिएको छ, तर ठ्याक्कै कति वर्ष लाग्छ भनेर अहिले भन्न सकिने अवस्था छैन, किनकी मेलम्ची ५ वर्षमा ल्याउने भनिएको थियो, अहिले २० वर्ष पूरा भयो तर आएको छैन, यसपालिपनि दशैंअघि नै आउने भनिएको छ, तर आउने वा नआउने ठेगान छैन, यस्ता ठूलो परियोजनाहरु कहिले छिटो हुन्छन् कहिले धेरै ढिलो पनि हुन्छन् ।’