२१ कार्तिक २०८३, शनिबार

कालिका नगरपालिकामा गरियो कालोपत्रे बाटोको उद्घाटन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ९ असार । चितवनको कालिका नगरपालिका वडा नं. ६ मा निर्माण सम्पन्न भएको कालापत्रे बाटोको शनिबार उद्घाटन गरिएको छ । वडाको सिमलघारीदेखि बेलचौर लम्साल चोकसम्मको कालोपत्रे बाटोको नगर प्रमुख खुमनारायण श्रेष्ठले उद्घाटन गरेका हुन् ।

९ सय ८१ मिटर लम्बाइ रहेको सो बाटो ६ मिटर चौडाइमा कालोपत्रे गरिएको छ । नगरपालिकाको ७० लाख ३९ हजार र स्थानीय जनसहभागीताबाट १४ लाख रुपैयाँसहित ८४ लाख ३९ हजार रुपैयाँको लागतमा सो बाटो निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष हिमलाल खतिवडाले जानकारी दिए । उक्त बाटो ४० एमएम मोटाइको रहेको समेत खतिवडाले बताए ।

कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष हिमलाल खतिवडाको अध्यक्षतामा भएको थियो ।