शनिबार, १ मंसिर २०७५
DainikNepal.com
शनिबार, १ मंसिर २०७५

किर्ते नागरिकताका लागि सिफारिस गरेको आरोपमा वडाध्यक्षसहित तीन पक्राउ

दैनिक नेपाल २०७५ असार ७ गते २०:४७

चौतारा, ७ असार । झुठो विवरण पेश गरी किर्ते नागरिकताका लागि सिफारिस गरेको आरोपमा सिन्धुपाल्चोकका एक वडाध्यक्षसहित तीनजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नपा–१ स्याउलेका वडाध्यक्ष सानुकान्छा श्रेष्ठ, सोही वडामा कार्यरत स्थानीय पञ्जिकाधिकारी राजकुमार श्रेष्ठ र मिलेमतोमा सामेल भएकी सुनसरी जिल्ला वक्यौली–३ की सीमाकुमारी राजधानीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय एकजनालाई नक्कली आमा बनाई अन्य जिल्लाको व्यक्तिलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन सिफारिस गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन किर्तेे सिफारिस गरेको आरोपमा केही दिनअघि मात्र जिल्लाको हेलम्बु गाउँपालिका–७ का वडाध्यक्ष खेतनाथ घिमिरे र वडासचिव रामबहादुर श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित