२१ कार्तिक २०८३, शनिबार

भारतीय मजदुरको करेन्ट लागेर मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, ७ असार । सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–१ भारदहस्थित गायक उदितनारायण झाको घरमा निर्माणसम्बन्धी काम गर्ने एक भारतीय मजदुरको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

भारतको सुपोल जिल्लाको भटनिया निवासी २५ वर्षीय सञ्जीवकुमार यादवको घरमा निर्माणसम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

गायक झाको घरमा नयाँ घर निर्माण गर्ने क्रममा रड सिधा गर्न खोज्दा यादवलाई ३७ हजार भोल्ट भएको विद्युतीय तारले छोएको थियो । उपचारका लागि भारदहस्थित अस्पताल ल्याउँदै गर्दा बीच बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । –रासस