१३ कार्तिक २०८३, शुक्रबार

वरिष्ठ डिआईजीहरूलाई अवकास दिन गृहमन्त्रीले रचे यति ठूलो डिजाइन

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ डिआईजीहरूलाई अवकास दिने मनसायले अतिरिक्त महानिरीक्षक एआईजीको बढुवा रोकेको छ ।

एक महिनाको अवधिमा प्रहरी जवानदेखि डिआईजीसम्म रिक्त सबै पदमा बढुवा भएपनि सेवा प्रवेश र वरीयताका आधारमा अगाडि रहेका ६ जना डिआईजीलाई अवकास दिएर मात्रै एआईजी बढुवा प्रक्रिया अघि बढाउने गृह मन्त्रालयको नियत देखिएको हो ।

बढुवाका लागि पुष्कर कार्की, उत्तम कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी, ज्ञानविक्रम शाह, शरद चन्द, ठूले राई, धिरु बस्न्यात, मनोज न्यौपाने, सुरेशविक्रम शाहलगायत डिआईजी प्रतिस्पर्धामा छन् ।