२१ कार्तिक २०८३, शनिबार

राष्ट्रपतिसमक्ष शिष्टाचार भेट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि होली सीका गैरआवासीय स्थायी कुटनीतिक प्रतिनिधि आर्कविसप गियमबाटिस्टा डिक्वाट्रोले राष्ट्र«पति भवन, शीतलनिवासमा आज शिष्टाचार भेट गर्नुभयो ।

सो अवसरमा होली सी र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी एवं होली सीका गैरआवासीय स्थायी कुटनीतिक अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । -रासस