काठमाडौं, ४ असार । सरकार र मधेश केन्द्रित दल पर्यायवाची शब्द हुन भन्ने आरोप छ । हुन नि हरेक पटकको सरकारमा मधेश केन्द्रित दलको नेता मन्त्री हुन पुग्थे ।
तर, विडम्वना २०७२ साल असोज ३ मा संविधान जारी भएपछि त्यसो हुन पाएको छैन । साँघु साप्ताहिकले समाचार छापेको छ ।
झण्डै दुई वर्ष आन्दोलनमा रहेका उनीहरू सरकार नहुँदा भूमिकाविहीन भए । सरकारमा नहुँदाको बेफाइदाको बुझाइले नै होला अहिले जसरी पनि सरकारमा जानुपर्ने लाइनमा राजपाका केही नेता खेनि थालेका छन् ।
संघीय समाजवादी फोरम केपी ओली सरकारमा सहभागी भइसकेको छ । मधेश केन्द्रित दल राजपा सरकारमा कसरी जाने भन्ने योजना बनाइरहेको स्रोतको दाी छ ।
राजपा दलबाट सरकारमा जान हतारो गर्नेमा भने राजेन्द्र महतो र शरतसिंह भण्डारी रहेको चर्चा छ । पूर्व तमलोपा अर्थात् महन्थ ठाकुर, वृजेशलालहरूको समूह भने सरकारमा जान नहुने लाइनमा देखिएका छन् ।














प्रतिक्रिया