शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

अनि, बग्छ सडकमा दूध

दैनिक नेपाल २०७५ असार ४ गते ६:३४


काठमाडौं, ४ असार । सामान्यतया वैशाख, जेठ र असारमा दूधको उत्पादन घट्छ । यी तीन महिना गर्मीका कारण दूध र दूधजन्य पदार्थ (दही, आइसक्रिम, पनिरलगायत) को खपत बढ्ने गर्छ ।

बर्सेनी यही प्रवृत्ति देखिने गरेकाले उद्योगीले बजार माग धान्न पाउडर दूधको उपयोग बढाएर बजार माग धान्ने गरेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यसपटक भने ठीक उल्टो भएको छ । किसान, उद्योगी र सरकारी कर्मचारीका अनुसार यो वर्ष दूधको उत्पादन घट्नुको साटो बढेको छ, उपभोग भने घटेको छ ।

किसानले गोठ र फार्ममा उत्पादन गरेको दूध अहिले बिक्री हुन छाडेको छ । त्यसैले, उनीहरूले संकलित दूध सडकमा पोख्न थालेका छन् ।

डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले १–२ दिन बिराएर मात्र उद्योगले दूध संकलन गर्नुपर्ने स्थिति रहेको बताए ।

‘दिनहुँ दूध संकलन छाडेर अहिले १–२ दिन बिराएर मात्र उठाउने गरेका छौँ,’ उनले भने, ‘अधिकांश डेरी उद्योगको दूध राख्ने रिजर्भ ट्यांकी भरिइसकेका छन् ।’

प्रतिक्रिया
सम्बन्धित