काठमाडौं, २ असार । प्रधानमन्त्री केपी ओलीले सरकारले तोकेको क्षेत्रमा मात्रै घर निर्माण गर्न घरजग्गा निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।
व्यवसायीहरूले काठमाडौंमा जथाभावी हाउजिङ तथा अपार्टमेन्ट निर्माण गरेर सहरलाई नै कुरूप बनाएको भन्दै उनले तोकिएको क्षेत्रमा मात्रै घर निर्माण गर्न आग्रह गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
राजधानीमा शुक्रबारदेखि सुरु भएको सातौँ घरजग्गा मेलाको उद्घाटन गर्दै मन्त्री ओलीले काठमाडौंभन्दा बाहिर गएर पनि निर्माण गर्न सुझाब दिएका छन् ।
‘काठमाडौं ऐतिहासिक र सांस्कृतिक सहर हो,’ उनले भने, ‘तर, निर्माण व्यवसायीले यसलाई डम्पिङ साइट नै बनाए ।’ सरकारले नयाँ सहर निर्माणका लागि क्षेत्र तय गरेको भन्दै उनले ती स्थानमा गएर व्यवसाय विस्तार
गर्न व्यवसायीलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीले आधुनिकीकरणमा जाँदा संस्कृतिको जगेर्नालाई पनि उत्तिकै ध्यान दिनुपर्ने भन्दै विकास नै गर्ने हो भने दुर्गम र असुरक्षित आवास भएको स्थानमा गएर सहर निर्माण गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल घरजग्गा तथा आवास संघका महासचिव मीनमान श्रेष्ठले कित्ताकाट गर्न लगाइएको रोक हटाउन आग्रह गरे ।














प्रतिक्रिया