१३ कार्तिक २०८३, शुक्रबार

नेकपाको जिल्ला र प्रदेश कमिटी जम्बो

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । विधानमा प्रदेश कमिटी न्यूनतम १ सय ७५ तथा जिल्ला कमिटी न्यूनतम १ सय २५ जनाको बनाउन प्रस्ताव गरिएको छ ।

यसअघि प्रस्तावित ७५ सदस्यीय जिल्ला कमिटीमा ५० जना बढाएर न्यूनतम १ सय २५ सदस्यीय बनाउन प्रस्ताव गरिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

त्यस्तै, १ सय ५१ सदस्यीय प्रस्तावित प्रदेश संगठन कमिटी न्यूनतम १ सय ७५ सदस्यीय हुने गरी पार्टी विधानको अन्तिम मस्यौदा तयार भएको छ ।

तर, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा पाँचजनाका दरले जिल्ला कमिटीमा संख्या थपिनेछन् ।

त्यस्तै, २० भन्दा बढी निर्वाचन क्षेत्र भएका प्रदेशमा प्रत्येक निर्वाचन क्षेत्रबराबर एकजनाका दरले प्रदेश कमिटीमा संख्या थपिनेछ ।

यसअनुसार ३३ निर्वाचन क्षेत्र भएको प्रदेश ३ मा नेकपाले १ सय ८८ सदस्यीय प्रदेश कमिटी बनाउनेछ ।

स्थायी समिति सदस्य दवेन्द्र पौडेलले तल्ला कमिटी र जनसंगठन एकीकरणका लागि बनेका कार्यदलले प्रारम्भिक रिपोर्ट बुझाएलगत्तै विधान र नियमावली प्रकाशन हुने बताए ।