काठमाडौं, १ असार । ४ सय ४१ केन्द्रीय सदस्यलाई केन्द्रीय विभाग, जिल्ला, क्षेत्र, जनसंगठन, केन्द्रीय सम्पर्क समन्वय कमिटी र सम्पर्क मञ्चहरू, प्रवास, सामुदायिक संगठनहरूको इन्चार्ज बनाउने गरी विधान र नियमावली तयार गरिएको छ ।
त्यस्तै, प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू स्वतः प्रदेश संगठन कमिटीको पनि सदस्य रहने व्यवस्था गरिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सबै तहका कमिटीमा अध्यक्ष र सचिव मात्र रहेको पदाधिकारी हुनेछन् । प्रदेश संगठन कमिटीको अध्यक्ष र सचिव केन्द्रीय सदस्यमध्येबाट चुनिनेछन् ।
तर, सबै प्रदेशको अध्यक्ष भने स्थायी समिति सदस्यबाट चुन्ने गरी केन्द्रीय सचिवालय र स्थायी समितिबाट निर्णय हुन सक्ने एक सचिवालय सदस्यले बताए ।














प्रतिक्रिया