शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

३३ किलो सुनकाण्डमा प्रहरीका हाकिमहरूलाई फेरि छानविन सुरु

दैनिक नेपाल २०७५ जेठ ३० गते ६:२४

काठमाडौं, ३० जेठ । साढे ३३ किलो सुन काण्डमा मुछिएका प्रहरी अधिकृतहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

आयोगले उनीहरूमाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिन अघि बढाएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालले पूर्वडिआइजी गोविन्द निरौला, एसएसपीद्वय दिवेश लोहनी र श्याम खत्री, डिएसपी प्रजित केसी र सइ बालकृष्ण सञ्जेलविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिन सुरु भएको बताए ।

उनीहरूविरुद्ध आयोगमा विभिन्न व्यक्तिबाट उजुरी दर्ता हुनुका साथै सरकारी वकिलको कार्यालय मोरङबाट छानबिन गर्न आग्रह गरेको अख्तियारले जनाएको छ ।

सोमबारदेखि नै उनीहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढिसकेको छ । अख्तियारले उनीहरूविरुद्ध अकुत सम्पत्तिको छानबिन गर्दा गृह मन्त्रालयको अनुसन्धानमा कुनै असर नपर्ने जनाएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले सुनकाण्डका मुख्य अभियुक्त चुडामणि उपे्रती गोरेसहित तीनजनाविरुद्ध अनुसन्धान थालेको छ ।

भियुक्तहरू चुडामणि उप्रेती, छिरिङ वांगेल र भुजुङ गुरुङविरुद्ध गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन थालेको हो । छानबिनका क्रममा गृह मन्त्रालयको अनुसन्धान प्रतिवेदनलाई समेत आधार मान्ने विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित