१३ कार्तिक २०८३, शुक्रबार

अध्यक्षदेखि मन्त्रीसम्मको कार्यकालको टुंगो छैन

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनादेखि गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री युवराज खतिवडासम्मको कार्यकालको टुंगो गोलाप्रथाबाट लाग्नेछ ।

राष्ट्रिय सभाका अध्यक्षको कार्यकाल ६ वर्षअघि नै सकिए अर्को अध्यक्ष चयन गरिने कानुनविद् एवं राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनले भने, ‘संविधानले अध्यक्ष वा मन्त्री हुँदैमा छुट दिने भन्ने व्यवस्था गरेको छैन । राष्ट्रिय सभाका ५९ मध्ये एकतिहाइको २ वर्ष, अर्को एकतिहाइको चार वर्ष र बाँकीको छ वर्ष कार्यकाल तोकिने व्यवस्था छ ।’

तर, संघीय संसद्को सदस्य नभए पनि ६ महिनासम्म मन्त्री हुन सक्ने व्यवस्था संविधानमा उल्लेख छ । ६ महिनाभित्र संघीय संसद्को सदस्य नभए मन्त्रीपद खारेज हुनेछ भने सदस्य भए मन्त्रीपद कायम रहनेछ । गृहमन्त्री थापाको सांसदको कार्यकाल २ वर्ष मात्रै कायम भयो भने उनी सांसद पदबाट मुक्त भएको बढीमा ६ महिनापछि मन्त्री पदबाट पनि मुक्त हुनेछन् ।

सांसद बिडारीले भने, ‘मन्त्री भएका राष्ट्रिय सभाका सदस्यको कार्यकाल गोलाप्रथाबाट २ वर्ष मात्रै भयो भने कार्यकाल सकिएको ६ महिनासम्म मन्त्री हुन सक्नेछन् । पुनः निर्वाचन प्रक्रियाबाट सांसद भए भने मन्त्रीपद कायमै रहनेछ । नभए स्वतः हट्नेछन् ।’

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको पदावधि २ वर्ष मात्रै पनि रहन सक्ने र उनको कार्यकाल सकिएपछि पुनः निर्वाचन प्रक्रियाबाट सांसद बन्न सक्ने संवैधानिक व्यवस्था छ । तर, उनी पुनः निर्वाचित भएर आए पनि अर्को अध्यक्ष हुन सक्ने कानुनविद्समेत रहेका सांसद बिडारीले बताए ।