१३ कार्तिक २०८३, शुक्रबार

नेकपाका अध्यक्षले लिए पार्टीमा बोल्ड निर्णय, धेरै केन्द्रीय नेताहरू तनावमा

11.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा एक पद एक जिम्मेवारी नीति अवलम्बन गर्दै दोहोरो जिम्मेवारी भंग गरिएको छ । दोहोरो जिम्मेवारी भंग गरिएसँगै नेकपाका केन्द्रीय सदस्यहरू तल्ला कमिटीमा बस्न वञ्चित भएका छन् । राजधानी दैनिकले समाचार छापेको छ ।

नेकपामा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा बिहीबार जारी गरिएको अन्तरपार्टी निर्देशन–१ मा स्थानीय पार्टी कमिटीहरूको एकता/एकीकरणका लागि गठित कार्यदललाई कार्यादेश जारी गर्दै प्रदेश तथा जिल्ला कमिटीमा केन्द्रीय सदस्यहरूको नाम समावेश नगर्न र प्रदेश तथा जिल्ला संगठन कमिटीको सचिवालय गठन गर्नका लागि ९कमिटीको कुल सदस्य संख्याको बढीमा एक तिहाइ नामावलीसहितको प्रस्ताव तयार गर्न निर्देशन दिइएको छ ।

‘प्रदेश संगठन कमिटी गठनसम्बन्धी प्रस्तावमा केन्द्रीय कमिटीका सदस्य कमरेडहरूको नाम समावेश नगर्ने’ ओली र दाहालद्वारा हस्ताक्षरित अन्तरिम पार्टी निर्देशनमा भनिएको छ ।

नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले कसैको पनि दोहोरो जिम्मेवारी नरहने बताए । ‘कसैको पनि दोहोरो जिम्मेवारी रहन्न, एक पद एक जिम्मेवारी रहनेगरी तल्ला कमिटीको एकता गर्ने कुरो भएको छ,’ उनले भने ।

प्रदेश र जिल्ला संगठन कमिटी गठन गर्नका लागि अध्यक्ष, सचिव र सदस्यहरूको नामावलीसहितको प्रस्ताव तयार गर्न पनि कार्यादेश दिइएको छ ।

नेकपाको ३ जेठमा बसेको केन्द्रीय कमिटी र ७ जेठमा बसेको केन्द्रीय सचिवालयको बैठकका निर्णयबारे जानकारी गराउँदै अन्तर पाटी निर्देशनमा सात प्रदेश र एक प्रवास तथा जनवर्गीयसम्बन्धी कार्यदल गठन भएको र कमिटीका लागि पदाधिकारी तथा सदस्यहरूको छनोट गर्दा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउने, प्रदेश तथा जिल्ला संगठन कमिटीको कार्यालय निधारण गर्ने र त्यसका लागि १५ दिनको समय दिइएको उल्लेख छ ।

एकता÷एकीकरणबाट गठन हुने सम्बन्धित जनवर्गीय संगठनलाई भने विधान मस्यौदाको तय गर्न पनि कार्यादेश दिइएको छ ।