२ कार्तिक २०८३, सोमबार

पिउने पानीका उद्योगहरूमा छापा, अधिकांश उद्योग मापदण्ड विपरित

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिसहितको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, खानेपानी व्यवस्थापन बोर्ड र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकामा संयुक्त रुपमा खानेपानीको गुणस्तरबारे अनुगमन गरेका छन् ।

२०७५ जेठ १६ गते उपत्यकामा जारमा खानेपानी भरेर बेच्ने विभिन्न कम्पनीहरूमा अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांश खानेपानी उद्योगहरू मापदण्ड प्रतिकुल पानी उत्पादन गरेको भेटिएको थियो ।

मापदण्ड विपरित देखिएपछि सगरमाथा फुड एण्ड वेभरेज प्रालिका पानी बिक्री बन्द गरी सिलबन्दी गरिएको छ । यो कम्पनीका जारमा बिनाशील बजारमा पठाउन लागिएको, शुद्धीकरण नगरी सोझै जारमा भरेको, फुटेको बिर्को टेपले टाँसेको भेटेपछि अनुगमन टोलीले कम्पनी बन्द गरिदिएको छ ।

टोलीले मातातीर्थकै दुवा फुड प्रोडक्ट एण्ड वेभरेज प्रा।लिमा पुराना जार भेटिएकोले २९ वटा नष्ट गरेको छ । त्यहीँको स्प्रिङ मिनरल वाटर मातातिर्थ प्रालिलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आदेश दिएको छ ।

बुधबार चार वटा पानी उद्योगमा अनुगमन भएको थियो । सनसाइन वेभरेज प्रोडक्सन प्रालिको मुहान फोहोर भेटिएको थियो । एक महिनाभित्र मुहान लगायत वरिपरी सरसफाइ गर्न समेत निर्देशन भएको छ ।