
काठमाडौँ, १६ जेठ । विभिन्न वस्तुहरुमा करको दर व्यापक बढाएको छ । आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटमा सरकारले विभिन्न उपभोग्य वस्तुहरुको करको दर बढाएको हो ।
सरकारले जंकफूड र इनर्जी ड्रिंक्सको उपभोग निरुत्साहित गर्न करको दर बढाएको छ । बजेटमार्फत इनर्जी ड्रिंक्समा पहिलो पटक प्रतिलिटर २५ रुपैयाँ अन्तशुल्क लगाएको छ । पछिल्लो समयमा इनर्जी डिंक्सको उपभोग बढ्दो क्रममा रहेको छ । अब इनर्जी ड्रिङ्सको मूल्य समेत बढ्नेछ ।
बजेटबाट कुरकुरे, कुरमुरे, चिजबल्स, लेज लगायतका वस्तुमा अन्तशुल्क प्रतिकिलो साढे सात रुपैयाँबाट बढाएर १५ रुपैयाँ पु¥याइएको छ । विदेश र स्वदेशमा समेत उत्पादन हुन थालेको यो वस्तुको उपभोग पछिल्लो समयमा बढ्दै गएको छ ।
कोका मिसिएको चकलेटमा समेत अन्तशुल्क लगाउन सुरु गरिएको छ । आयातित र स्वदेशमै उत्पादन हुने चकलेटमा अन्तशुल्क लाग्नेछ । स्वदेशमा उत्पादन हुने वियर, वाइन र विदेशबाट आयात हुने मदिराको अन्तशुल्क पनि भारी रुपमा बढाइएको छ । स्वदेशमा उत्पादन हुने साइडर र विदेशबाट आयात हुने साइडको अन्तशुल्कको डन्डा वेस्सरी लगाइएको छ । मेकअपका सामाग्रीदेखि घर सजावटका सरसामानको पनि कर बढाइएको छ । एप्पल साइडरको भाउ पनि बढ्ने छ ।
यसैगरी, चुरोट र रक्सी भन्दा कम अल्कोहल हुने वियरमा अन्तशुल्क धेरैले बढाएको छ । चुरोट र रक्सीमा २० प्रतिशत मात्रै अन्तशुल्क बढाएको छ । वियरमा ३० प्रतिशतले अन्तशुल्क वृद्धि गरिएको छ ।
वियरमा अब प्रतिलिटर १ सय ५० रुपैयाँ अन्तशुल्क लाग्नेछ । यसअघि १ सय १५ रुपैयाँ मात्रै लाग्थ्यो । पछिल्लो समयमा वियर बजारमा ठूला उद्योग आएका थिए । दुई ठूला उद्योग आएपछि बजार भाइब्रेन्ट भएका बेला सरकारले वियरमा ३० प्रतिशत अन्तशुल्क बढाएको हो ।
चुरोट र रक्सी भन्दा वियरमा बढी कर लगाएको भन्दै उत्पादकहरुले भने असन्तुष्टि जनाएका छन् । अन्तर्राष्ट्रिय अभ्यासमा समेत वियरमा कम कर र अरु मदिरामा बढी कर लगाउने प्रचलन रहेको उत्पादनकर्ताहरुको भनाई छ ।
















प्रतिक्रिया