२ कार्तिक २०८३, सोमबार

नवर्देश्वर महादेव गुठीलाई सिटजन्स बैंकको डेढ लाख सहयोग

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १६ जेठ । सिटिजन्स बैंक लिमिटेडले रामेछाप जिल्लाको त्रिवेणी मुगीटारमा रहेको नवर्देश्वर महादेव त्रिवेणी गुठी संरक्षण समितिलाई एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रुपान्तरणका लागि काम गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरता स्वरुप बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुसार उक्त सहयोग गरेको हो ।

बैंकका कार्यकारी अधिृकत राजनसिंह भण्डारीको उपस्थितिमा समितिका सदस्य भुवनहरि प्रसाईलाई बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले डेढ लाखको चेक हस्तान्रण गरेकी हुन् ।

समिति सदस्य प्रसाईले उक्त रकम मन्दिर अगाडीको प्रांगणमा ढुङ्गा विछ्याउन प्रयोग गरिने बताए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका लागि विभिन्न कार्यक्रम संचालन गर्ने जानकारी गराए ।

सिटिजन्स बैंकले देशभर रहेका ७४ शाखा, ६९ एटीएम र ९७ वटा शाखारहित बैंकिङ ईकाइहरुबाट करिब तीन लाख ३५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिइरहेको छ ।