२ कार्तिक २०८३, सोमबार

दाङ र काभ्रेमा वैकल्पिक विमानस्थल बनाइने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ जेठ । सरकारले दाङ र काभ्रेपलाञ्चोकमा बैकल्पिक विमानस्थल निर्माणका साथै हवाइ क्षेत्रको सु्धारका लागि १९ अर्ब ३५ करोड बजेट छुट्याएको छ । यसैगरी प्राथमिकताकासाथ निजगढ, पोखरा र भैरहवा बिमानस्थलको निर्माण अघि बढाउने भएको छ ।

बजेटमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको चाप कम गर्नका लागि काभ्रेमा आन्तरिक बिमानस्थल बनाउने कार्यलाई अघि बढाउने ब्यबस्था गरिएको हो ।

यसका साथै क्षेत्रीय रुपमा बिराटनगर, जनकपुर, धनगढी लगायतका क्षेत्रमा क्षेत्रीय हवाइस्थल बनाउने ब्यबस्था उल्लेख गरिएको छ । यसैगरी दाङमा बैकल्पिक बिमानस्थल बनाउन अध्ययन अघि बढाउने भएको छ ।