२ कार्तिक २०८३, सोमबार

चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ५ दशमलव ९ प्रतिशत पुग्ने अनुमान

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ जेठ । सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५ दशमलब ९ प्रतिशत पुग्ने अनुमान गरेको छ ।

०७४/७५ को आर्थिक सर्वेक्षण स‌ंसद्‌मा पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विगत १० वर्षको आर्थिक वृद्धिदर ४ दशमलब ३ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षमा ५ दशमलब ९ प्रतिशत पुग्ने अनुमान गरिएको बताए ।

त्यस्तै, सरकारले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ । खतिवडाले ६० लाखभन्दा बढी मानिस निरपेक्ष गरिबीको रेखामुनि रहेको समेत जानकारी दिए ।

अर्थमन्त्री खतिवडाका अनुसार ०७४ फागुन मसान्तमा देशको कुल तिर्न बाँकी सार्वजनिक ऋण ८ खर्ब ४३ अर्ब रहेको छ ।