३ कार्तिक २०८३, मंगलबार

सन्दिपको अर्को छलाङ, वेस्ट इन्डिजविरुद्ध आइसीसी ११ मा

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले वेस्टइन्डिजविरुद्ध अबको १६ दिनपछि हुने खेलका लागि नेपालका सन्दिप लामिछानेलाई टिममा समावेश गरेको छ ।

लन्डनमा हुने उक्त प्रतियोगितामा सन्दिपले खेल्नेछन् । बंगलादेशका स्पिनर सकिब अल हसनले नाम फिर्ता लिएपछि आइसिसीले सन्दिपलाई छान्यो ।

बेलायतका इओइन मोर्गनको कप्तानीमा रहेको आइसिसी–११ मा पाकिस्तानका साहिद अफ्रिदी, बंगलादेशका तामिम इकबाल, भारतका दिनेश कार्तिक, अफगानिस्तानका रसिद खान, न्युजिल्यान्डका मिचेल म्याकलेन घान, पाकिस्तानका सोएब मलिक, भारतका हार्दीक पाण्डे, श्रीलंकाका थिसरा परेरा र न्युजिल्यान्डका लुक रोँची छन् ।

आईसिसीले विश्वभरका सदस्य देशबाट उत्कृष्ट खेलाडी छनोट गरी टिम बनाएर टी ट्वान्टी च्याम्पियनविरुद्ध खेलाउन लागेको हो । अहिले सन्दिप आइपीएलमा खेलिरहेका छन् ।