शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

यी हुन् जर्मनीबाट विश्वकप खेल्ने खेलाडी

दैनिक नेपाल २०७५ जेठ २ गते ७:२५

लण्डन, २ जेठ । आउँदो महिना रुसमा सुरु हुने विश्वकप फुटबलका लागि जर्मनीले २७ सदस्यीय टोली घोषणा गरेको छ ।

पछि केही फेरबदल हुन सक्ने गरी जर्मनीले विश्वकपका लागि टोली घोषणा गरेको हो । घोषणा गरिएको टोलीमा सन् २०१४ को विश्वकप फाइनलमा विजयी गोल गरेर उपाधि दिलाएका मारिओ गोटेज परेका छैनन् ।

उनले चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा फाइनलमा अतिरिक्त समयमा अर्जेन्टिना विरुद्ध गोल गर्दै जर्मनीलाई चौथो पटक विश्वकपको उपाधि दिलाएका थिए ।

सेप्टेम्बरदेखि चोटका कारण मैदान बाहिर रहेका बार्यन म्युनिखका गोलरक्षक म्यानुएल नुयर भने टोलीमा परेका छन् । प्रशिक्षक योआखिम लोले जर्मनीको जिम्मेवारी सन् २०२२ सम्म सम्हाल्ने घोषणा पनि गरिएको छ ।

टिमको गोलरक्षकमा बेर्न्ड लिनो, म्यानुएल नुयर, मार्क आन्द्रे टेर स्टेगेन, केविन ट्राप्प रहेका छन् ।

डिफेन्डरमा जेरोमी बोएट्ङ, माथिएस गिन्टर, जोनास हेक्टर, म्याट्स ह्युमेल्स, जोशुए किमिच, मार्विन प्लाटेनहार्ड्ट, एन्टोनिओ रुडिगर, निक्लास सुली, जोनथन टाह रहेका छन् ।

मिडफिल्डरमा जुलियन ब्रान्डट्, जुलियन ड्रेक्सलर, लिओन गोरेट्स्का, इलकाइ गुण्डोगान, सामी खेडिरा, टोनी क्रस, मेसुट ओजिल, सेबास्टियन रुडी, लिरोय साने रहेको जनाइएको छ ।

स्ट्राइकरमा मारिओ गोमेज, थोमस मुलर, निल्स पिटरसन, मार्को रुइस, टिमो वार्नरलाई टिममा राखिएको छ । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित