३ कार्तिक २०८३, मंगलबार

काम नगर्ने व्यक्ति कम्युनिष्ट हुन सक्दैन : ईश्वर पोखरेल

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १ जेठ । रक्षामन्त्री ईश्वर पोखरेलले काम नगर्ने व्यक्ति कम्युनिष्ट हुन नसक्ने बताएका छन् ।

नेकपा एमालेका महासचिव समेत रहेका पोखरेलले एमाले जिल्ला कमिटी, ललितपुरका ३ सय ५७ जना नयाँ पार्टी सदस्यहरुलाई शपथ गराउँदै जिल्ला, क्षेत्र र शाखा कमिटीलाई आर्थिक उत्पादनसँग जोडिन आग्रह गरे ।

कामबाट अलग भएर बतासिने एमाले अब काम नलाग्ने उनको भनाई छ । अधिकार प्राप्तिको आन्दोलनमा जनता धेरै दौडिएको भन्दै उनले अबको यात्रा आर्थिक समृद्धितर्फ उन्मुख भएको पनि बताए ।

उनले कम्युनिस्ट पार्टीमा अब पूर्णकालीन राजनीति चल्न नसक्ने स्पष्ट पार्दै कामबाट बचेको समय पार्टीलाई दिन कार्यकर्तालाई आग्रह गरे ।