काठमाडौँ, २९ बैशाख । रुसमा जारी सडक बालबालिकाको विश्वकप फुटबलमा नेपालले क्वार्टरफाइनलको यात्रा तय गरेको छ । शनिबार भएको खेलमा केन्या र ताजकिस्तानलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
पहिलो खेलमा नेपालले केन्यालाई २–० ले हराएको थियो । जसमा नेपालका पवन शाही र सन्तोष खत्रीले एकएक गोल गरे । यस्तै दोस्रो खेलमा नेपालले ताजकिस्तानलाई ३– १ ले हरायो । सो खेलमा नेपालका पवन शाहीले २ तथा कप्तान रोशन भुजेलले १ गोल गरे ।
क्वार्टरफाइनलमा नेपालले आइतबार उज्केस्थानको सामना गर्दैछ । १४ देखि १७ वर्षसम्मका बालिबालिका सहभागी प्रतियोगितामा २१ देश सहभागी छन् ।















प्रतिक्रिया