३ कार्तिक २०८३, मंगलबार

रोल्पाले खेलकुदको माध्यमबाट एकता, सद्भाव र शान्ति सन्देश दिनुपर्छ-महरा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रोल्पा, २९ बैशाख । सभामुख कृष्णबहादुर महराले रोल्पाबाट अब एकता, सद्भाव र शान्तिको सन्देश दिनुपर्ने बताएका छन् ।

शनिबार रोल्पाको लिवाङमा प्रथम सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दैै सभामुख महराले विगतमा राजनीतिक परिवर्तनको नेतृत्व गरेको रोल्पामा अब एकता, सद्भाव र शान्तिको नेतृत्व गर्नुपर्ने बताए ।

‘रोल्पाले विगतमा ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको थियो, सभामुख महराले भने, ‘अब खेलकुदका माध्यमबाट एकता, सद्भाव र शान्तिको सन्देश यहीँ रोल्पाबाटै दिनुपर्छ ।’

सभामुख कप खेलकूद प्रतियोगिता पहिलो पटक आयोजना भएको भन्दै सभामुख महराले रोल्पामा राष्ट्रिय स्तरको खेलकूद प्रतियोगिता पनि पहिलोपटक भएकोमा खुसी व्यक्त गरे ।

खेलकूद विशुद्ध मनोरञ्जन र शारीरिक कसरत मात्रै नभएको भन्दै सभामुख महराले खेलकुदले नेपालीहरुलाई जोड्नुका साथै देशको पहिचान विश्वमै फैलाउने क्षेत्र रहेको बताए ।