
भैरहवा, २९ बैशाख । विवेकशील साझा पार्टीका प्रदेश ५ का संयोजकसहित एक दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् ।
विवेकशील साझा पार्टीका ५ नंं प्रदेश संयोजक अनुपमान सैंजू र रुपन्देही जिल्ला संयोजक हरिकृष्ण अधिकारीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
केन्द्रीय कार्यालयमा राखिएको ब्यानर प्रहरीले हटाएको विरोधमा विवेकशील साझाका नेता कार्यकर्ताले शनिबार बुटवल पुष्पलालपार्कमा आयोजना गरिएको प्रदर्शन कार्यक्रमबाट उनीहरु पक्राउ परेका हुन् ।
ट्राफिकचोकबाट पुष्पलालपार्कसम्म भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउ गर्नुका साथै ब्यानर खोसेको छ ।
प्रदर्शनमा सहभागीले ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं’ लेखिएको ब्यानर र प्लेकार्डहरु बोकेका थिए ।















प्रतिक्रिया