३ कार्तिक २०८३, मंगलबार

रिमोट थिचेर ओली र मोदीले गरे अरूण तेस्रोको शिलान्यास

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले स्वीच थिचेर अरूण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गरेका छन् । ९०० मेगवाटको सो आयोजना भारतीय कम्पनीले जिम्मा पाएको १० वर्षपछि शुक्रबार शिलन्यास गरिएको हो ।

होटल द्वारिकाजमा आयोजित गरिएको संयुक्त पत्रकार सम्मेलनपछि रिमोट थिचेर दुई प्रधानमन्त्रीले आयोजनाको शिलान्यास गरेको बताइएको छ । रिमोट थिचेपछि दुई प्रधानमन्त्रीले अंकमाल गरे ।

आयोजना संखुवासभा जिल्लामा बन्न लागेको छ तर प्रधानमन्त्रीद्वयले काठमाडौँमा स्वीच थिचेर त्यसको शिलन्यास गरेका हुन् । काठमाडौँमा शिलन्यास गरेसँगै संखुवासभाको फाक्सिन्डा दोभानमा आयोजनाको काम सुरू भएको छ । ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण जिम्मा भारतीय कम्पनी सतलजले पाएको छ ।

पाँच वर्षमा पूरा गर्नु पर्ने सो आयोजनाको अनुमानित लागत १ खर्ब ४ अर्ब रहेको छ । आयोजना बनेपछि नेपालले १९७ मेगावाट बिजुली पाउनेछ भने बाँकी बिजुली निर्यात हुनेछ । सञ्चालनमा आएको २५ वर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने बताइएको छ ।