२२ कार्तिक २०८३, आइतबार

पुरातात्विक महत्वको ऐतिहासिक बुद्ध धर्मग्रन्थसहित पाँच जना पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ बैशाख । पुरातात्विक महत्वको ऐतिहासिक बुद्ध धर्मग्रन्थसहित ललितपुर महानगरपालिका–१५ सातदोबाटो ताल्सीखेलस्थित सडकबाट ५ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँको स्वयम्भू बस्दै आएका भारत सिक्किम ग्यान्टोकका ३० वर्षीय किप्पा भुटिया, ललितपुर सातदोबाटो बस्दै आएका दोलखा खेदाका ५७ वर्षीय घ्याम्छो लामा, रसुवाको वेत्रावती बस्दै आएका बाँके कोहलपुर–६ का ३२ वर्षीय जयराज आचार्य, कैलाली टीकापुर–१ का ३० वर्षीय प्रविणकुमार शाह र झापा बिर्तामोड–८ का ३२ वर्षीय पुष्कर मैनाली शर्मा रहेका छन् ।

पुरातात्विक महत्वका ऐतिहासिक धर्मग्रन्थहरू उच्च मूल्यदर राखी कानून विपरित बिक्री वितरण भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको प्रहरीले निगरानी तथा खोजतलास गर्दै जाने क्रममा बिक्रीको लागि लैजान लागेको अवस्थामा प्राचीन हस्तलिखित ग्याथम्पा नामक २ सय २८ पानाको १ थान बौद्ध धर्मग्रन्थ सहित उनीहरूलाई पक्राउ गरेको हो ।

सुन तथा चाँदीबाट लेखेको बुझिएको उक्त बुद्ध धर्मग्रन्थ करीव ३/४ सय बर्ष पुरानो भनी १० करोड रुपैयाँ मुल्यमा बिक्री गर्न लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उक्राउ परेकाहरुलाई प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसारको कसुरमा ललितपुर जिल्ला अदालतबाट म्याद थप समेत भई थप आवश्यक अनुसन्धान कार्य भइरहेको सीआईबीले जनाएको छ ।