२२ कार्तिक २०८३, आइतबार

विवेकशीलको कार्यालयमा प्रहरी हस्तक्षेप बारे गगन थापाले के भने ?

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ बैशाख । नेपाली काँग्रेसका नेता गगन थापाले विवेकशील साझा पार्टीको कार्यालयमा प्रहरीले गरेको हस्तक्षेपको विरोध गरेका छन् ।

ललितपुरको बखुण्डोलस्थित विवेकशील साझाको कार्यालयमा भारतीय नाकाबन्दी सम्झाउँदै टाँगेको तुल प्रहरीले झिकेपछि गगनले तत्कालै त्यसको प्रतिक्रिया दिएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् थापाले विवेकशीलको कार्यालयमा राखिएको तुल हटाउने सकरारको कदमलाई असंवैधानिक र निन्दनीय कृत्यको टिप्पणी गरेका छन् ।

‘हाम्रो संविधानले फरक मत राख्न र अहिंसात्मक विरोध गर्न पाउने अधिकार सुनिश्चित गरेको छ। त्यही संवैधानिक अधिकारको प्रयोग गर्दै गरिएको यस्तो सृजनात्मक विरोध पनि सहन नसक्ने ? विवेकशील साझाको ब्यानर च्यात्नु असंवैधानिक र निन्दनीय कृत्य हो।’ – गगनको प्रतिक्रिया छ ।

विवेकशील साझाले ‘मोदीजी स्वागत छ। तर नाकाबन्दी बिर्सेका छैनौं’ भन्ने तुल शुक्रबार कार्यालयमा टाँगेको थियो। तर, केहीबेरमै प्रहरीले उक्त तुल जबरजस्ती झिकेर लगेको छ ।