२२ कार्तिक २०८३, आइतबार

मोदीको पार्टीका नेताले जनकपुरलाई भारतमा गाभ्न प्रस्ताव गरेपछि…

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीका सांसदले जनकपुरलाई भारतमा गाभ्न गरेको प्रस्ताव सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मोदीको पार्टी भारतीय जनता दलका नेता एवं सांसद कीर्ति आजादले शुक्रबार मोदीलाई जनकपुरमा स्वागत गर्दै जनकपुरलाई भारतमा गाभ्न प्रस्ताव गरेका हुन् । ट्वीट गर्दै जनकपुरलाई भारतमा गाभेर मिथिला राज्य बनाउन प्रस्ताव गरेपछि यतिबेला ट्वीटरमा अनेक टिप्पणीहरु आइरहेको छ ।

यसैक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री कमल थापाले आजादको ट्वीटको कडा विरोध गरेका छन् ।

‘आजादले नेपालको सार्वभौमिकता र अखण्डतामा आँच आउने पुग्ने गरी व्यक्त गरेको विचारको कडा विरोध गर्दछु । थापाले भनेका छन् ।’