२२ कार्तिक २०८३, आइतबार

बागलुङका ‘कायत समुदाय’ पहिचानविहीन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–रबिना बोहरा
बागलुङ, २७ बैशाख । बागलुङको ढोरपाटन नगरपालिका–७ बोबाङका ७१ बर्षका सबिर कायतको राज्यको सेवा सुविधा खाने आशमा बुढेशकाल लागि सक्यो । आफ्नो उमेरले ७ दशक काटिसक्दा पनि राज्यले बृद्धा भत्ता उपलब्ध नगराएको उनको गुनासो छ ।

बृद्धा भत्ता मात्रै नभई सरकारी जागिर खाँदा एवं लोपोन्मुख, अल्पसंख्यक एवं दलित समुदायहरुले पाउने सेवा पनि नपाउदा उनी दुखी छन् । यी सबैको कारण हो । कायत समुदायको अहिले सम्म कुनै पहिचान छैन । उनीहरु कुनै पनि बर्गमा सुचिकृत हुन सकेका छैनन् । राज्यसँग बारम्बार प्रयास गर्दा पनि कायत समुदायलाई कुनै पनि बर्गमा समावेश गर्न नसकिएको उनले बताए ।

कुनै पनि वर्गमा नभएपछि विभिन्न समस्याहरु आइपर्ने उनी बताउँछन् । नेपालमा रहेका १ सय २५ जातीमा पनि समावेश नभएका बागलुङको बोबाङमा बस्दै आएका ‘कायत समुदाय’ बर्षौँदेखि आफ्नो पहिचानका निम्ति लड्दै आइरहेका छन् । कायत थरको पहिचान नभए पछि उनीहरु राज्यको सेवा सुविधा पाउनबाट पनि बञ्चित भएका हुन् ।

६० घरधुरीका झण्डै ३ सय ५० जनसंख्या रहेको कायत समुदाय नेपालका अन्य क्षेत्रमा नरहेको बताइन्छ । सरकारले लोपोन्मुख, अल्पसंख्यकमा समावेश गर्न नसके ब्राहमण, क्षेत्री, जनजाती वा दलित समुदाय भित्र भएपनि सुचिकृत गर्नुपर्ने उनीहरुको माग छ । त्यहाँका एक जना युवा कल्याण कायतले पटक पटक राज्यलाई आग्रह गर्दा समेत पहिचान पाउन नसकेको गुनासो गरे ।

अहिले नेपालमा कुल जनसंख्याको ०.५० प्रतिशत भन्दा कम जनसंख्या भएको समुदायलाई सरकारले अल्पसंख्यकको सूचीमा राखेको छ । जसअनुसार नेपालका एक सय २५ मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा परेका छन् । यस्तै १२ भन्दा बढी जाती लोपोन्मुखको सुचिमा रहेको बताइन्छ । बर्षौँदेखि यही स्थानमा बस्दै आएका उनीहरु समक्ष राज्यले भने ध्यान नपु¥याएको देखिन्छ ।

ढोरपाटन नगरपालिकाका मेयर देबकुमार नेपालीले कायत समुदायलाई पहिचान दिलाउन आवश्यक पहल गरिरहेको बताए । राज्यको नजरमा पर्न नसकेको कायत जातीलाई एउटा बर्गमा सुचिकृत गर्न उनीहरुले माग गरेका छन् ।