
कञ्चनपुर, २७ बैशाख । कञ्चनपुर जिल्लाको पुनरवास नगरपालिका–१० बाट एपीएफ टोलीले करिब ४ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कृष्णपुर नगरपालिका ७ बस्ने २३ वर्षिय भिमबहादुर खड्का र ३४ वर्षिय पप्पु बोहरा रहेका छन् ।
से १ प. ७३६७ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय कैलालीबाट गस्तीमा खटिएको टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद कपडा तथा मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय त्रिनगर कैलालीमा बुझाएको छ ।












प्रतिक्रिया