२२ कार्तिक २०८३, आइतबार

सल्यानमा अथाह पर्यटकिय सम्पदा तर प्रचारप्रसार कम

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–मिना बुढाथोकी
सल्यान, २७ बैशाख । सल्यानको पर्यटन प्रर्वद्धनका लागी कर्णाली प्रदेशका पत्रकारहरुले जिल्लाका सरोकारवालाहरुसँग सल्यानको छायाक्षेत्रमा अन्तर्क्रिया गरेका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाको नेतृत्वमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा क्रियाशिल दुई दर्जन पत्रकारहरुको एक टोली सल्यान आएको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल समेतको उपस्थिति रहेको कार्यक्रममा नेकपा (एमाले) कर्णाली प्रदेशका सचेतक गुलावजंग शाहले सल्यानको पर्यटन प्रर्वद्धनमा कलम चलाइदिन पत्रकारहरुलाई आग्रह गरेका थिए ।

‘सल्यान जिल्लामा अथाह पर्यटकिय सम्पदाहरु छन्’ सल्यान (क)का प्रदेश सांसद समेत रहेका शाहले भने, ‘विविध विशेषता रहेका सम्पदाहरुको प्रचारप्रसार हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटकहरु आउन सकेका छ्रैनन् ।’ शाहले देशको सबै भन्दा गरिब प्रदेशको रुपमा हेरिने यस कर्णाली प्रदेशको समृद्धिको बाटोमा यस प्रदेश लाई पहिलो प्रदेश बनाउने योजना रहेको बताए । उनले थपे, ‘यस प्रदेशलाई पहिलो बनाउनका लागी स्थानीय तहका प्रमुखहरु, स्थानीय राजनैतिक दलका पार्टी प्रमुख, स्थानीय पत्रकारको मुख्य भुमिका रहनु पर्छ ।’

कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुखहरुले आ–आफ्ना स्थानीय तहमा भएका पर्यटकीय सम्भावना र तिनको विकासको लागी स्थानिय तहले गर्न सक्ने कामको बारेमा बोलेका थिए । सोहि कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सबै कार्यसमिति, सल्यान जिल्लाका ५ वटा स्थानीय तहका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डन, जिल्ला प्रहरी प्रमुख भरत विक तथा कर्णाली प्रदेशका विभिन्न संचारमाध्यमका कार्यरत पत्रकारहरु लगायतको सहभागिता थियो ।