२२ कार्तिक २०८३, आइतबार

टिपरको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्यु

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २७ वैशाख । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत रौतामाई–५ स्थित कालीमाटीमा बिहीबार टिपरको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय कालिका माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत ११ वर्षीय निगम राई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुनकोशी नदीबाट गिटी बोकेर खोटाङतर्फ जाँदै गरेको ना ३ ख ८५७४ नं. को टिपरले सडक छेउमा खेलिरहेका बालकलाई ठक्कर दिएको थियो । –रासस