२२ कार्तिक २०८३, आइतबार

जिल्ला प्रशासन डोल्पामा टोकन प्रणाली शुरु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


डोल्पा, २७ बैशाख । जिल्ला प्रशासन कार्यालय डोल्पामा बिहिबारदेखि टोकन प्रणाली सेवाको शुरुआत भएको छ । बिहीबारदेखि सहायता कक्ष (हेल्प डेस्क) संचालन तथा टोकन प्रणालीको सेवा एकै साथ संचालनमा ल्याइएको हो ।

सेवा लिन आउने सबै सेवाग्राहीहरुलाई प्रभावकारी सेवा दिनका लागि एक यसको शुरुवात गरिएको छ । बिहीबार नागरिकता लिन आएका ठुलीभेरी नगरपालिका–७ का डिल बहादुर केसीबाट यो सेवा शुरु भएको छ । त्यसै गरी छोरा रेन्जेन छाईबेल गुरुङको नागरिकता बनाउन आएका छार्का तामसोङ गाउँपालिकाका एक सेवाग्राहीलाई पानी दिएर सफा पिउने पानीको पनि एकै साथ सुरुवात भएको छ ।

सेवा लिनका लागि आउने कतिपय सेवाग्राीहरु कुन सेवाको लागि कहाँ जाने र के सेवा लिने भन्ने बारे केही थाहा नपाएर अलमलमा पर्ने भएकाले र छिटो छरितो सेवा दिनका लागि कार्यालय परिसरमा सहायता कक्ष (हेल्प डेस्क) को व्यबस्था गरेको प्रजिअ थापाले बताए । ‘टाढा–टाढाबाट सेवाग्राही सेवा लिन आउने तर, पिउने पानीको व्यबस्था नभएकाले पनि विहीबारदेखि नै सफा पिउने पानीको पनि व्यबस्था गरेका हौँ’, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने ।

कर्मचारीहरु देश र जनताको सेवा गर्ने कसम खाएर आएको र यी नै सेवाग्राहीको करबाट नै पालिएकोले सबैले जनमुखी सेवा, पारदर्शिता, जवाफदेहीता सबै सुशासन कायम गरि गतिलो उदाहरण दिनका लागि यो कामको शुरुवात गरिएको प्रजिअ थापाले बताए ।