२२ कार्तिक २०८३, आइतबार

भिरबाट लडेर रुकुममा एकको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, २६ वैशाख । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा बुधबार दिउँसो भिरबाट लडेर सोही नगरपालिका–३ का लालबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घोडामा जडिबुटी बोकाएर आउँदै गरेका उनी भिरबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ छ । बाटोभन्दा करिब चार सय मिटर तल खसेका बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । –रासस