
काठमाडौं, २६ बैशाख । उपराष्ट्रपति नन्द बहादुर पनका छोरा एवम् समाजसेवी दिपेश पुनले ब्लडमनीको अभावमा साउदीको जेलमा रहेका गोरखाका कुमार पुन र रोल्पा निवासी दिलबहादुर घर्तीलाई केही समयमै नेपाल झिकाउने पीडित परिवारलाई वचन दिएका छन् ।
रिपोर्टर्स क्लबमा दिलबहादुर घर्ती र कुमार राना बचाउ अभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली समाजभित्रको फरक समाजका रुपमा रहेको लोपोन्मुख राउटे समुदायका बिरामी यूवाहरुको उपचार गर्न त सफल भएको भन्दै समाजसेवी एवम् माओवादी केन्द्रका यूवा नेता पुनले कुमार राना र दिल बहादुरको जीवन सकुसल नेपाल ल्याउने बताएका हुन ।
उनले भने, ‘कुमार राना र दील बहादुर दाईको परिवारले ढुक्क हुनुस् म उहाँहरुको उद्धारमा लागि सकेको छु, केही समय पर्खिनुस् हाम्रो अभियानले सार्थकता पाउने छर यसै रिपोर्टर्स क्लबमा तपाईका श्रीमान तपाईलाई हस्तान्तरण गर्नेछौं, तपाईको ओठको हाँसो फर्काउनेछौँ ।’
कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले विदेशी जेलहरुमा रहेका सम्पूर्ण नेपाली यूवाहरुलाई तत्काल उद्धार गर्न सरकारसँग माग गरेका छन् । सञ्चारक्षेत्रबाट आफ्नो साथ र सहयोग रहेको भन्दै एउटा नेपालीलाई परेको दुःखमा अर्को नेपालीले साथ दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष नविन घर्तीमगरले आवश्यकतामा रगत दिने नेपालीहरुले विदेशका जेलमा जीवन बिताईहरको आफ्न्तलाई स्वदेश फिर्ता गर्ने कुरामा साथ/सहयोग हुनेमा आफू ढुक्क रहेको बताए ।
गत असोज १० गतेदेखि साउदीको जेलमा रहेका कुमार रानाको श्रीमती अम्बिका रानाले आफ्नो श्रीमान्लाई बचाउनको लागि आग्रह गरेकी छन् ।












प्रतिक्रिया