काठमाडौँ, २६ बैशाख । लागूऔषध ब्राउन सुगर र नगदसहित प्रहरीले ४ जनालाई काठमाडौँबाट पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कस्थित आकाशे पुलमुनीबाट १३.५ ग्राम लागूऔषध ब्राउन सुगर, नगद १ लाख ३० हजार र मोबाइल ५ थान सहित उनीहरुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–१६ माछापोखरी बस्ने बर्दिया राजापुर–४ का ३० वर्षीय पंकज पुरी, काठमाडौँ तारकेश्वर नगरपालिका–५ बस्ने नुवाकोट बागेश्वरी–५ का १८ वर्षीय प्रदीप लामिछाने, काठमाडौँ महानगरपालिका–२६ मित्रनगर बस्ने गोरखा आरूचनौटे–१ का ४७ वर्षीय किरण श्रेष्ठ र काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने बर्दिया मधुबन–५ का २८ वर्षीय थिरबहादुर बस्नेत रहेका छन् ।
उक्त आकाशे पुलमुनी लागूऔषध विक्री वितरण भइरहेको अवस्थामा पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।












प्रतिक्रिया