२२ कार्तिक २०८३, आइतबार

लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानद्वारा धुर्मुस सहित १६ संस्था सम्मानित

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-नरेश के.सी.

भैरहवा, २६ बैशाख । लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले सामाजिक अभियन्ता, शिक्षक, पत्रकार र खेलाडीलाई नगदसहित सम्मान गरेको छ । यस्तै १० वटा विद्यालयलाई छात्रबृत्ति अक्षयकोष स्थापनार्थ र ६ वटा संघसंस्थालाई सहयोग गरेको छ ।

मंगलबार भैरहवामा स्व.लीलाराम न्यौपानेको ८९ औं जन्म जयन्तिका अवसरमा आयोजित कार्यक्रममा लीलाराम कुन्तीदेवी न्यौपाने समाजसेवा सम्मान २०७५ बाट सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली), पत्रकारिता सम्मानबाट पत्रकार चेतन पन्त, शिक्षासेवा सम्मानबाट विनोद शाही र खेलकुद सम्मानबाट क्रिकेटर बसन्त रेग्मीलाई सम्मान गरिएको छ । उनीहरुलाई जनही १/१ लाख र ताम्रपत्रले सम्मान गरिएको हो ।

धुर्मुस हास्कलाकार हुन । उनले भूकम्पपछि सामाजिक अभियानमा लागेर ४ वटा एकीकृत वस्ती निर्माण गरिसकेका छन् । यस्तै पछिल्लो समय उनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडिमय बनाउने घोषणा समेत गरेका छन् । पन्त लामो समय भैरहवा क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका छन् । उनी लुम्बिनीका प्रचारक समेत हुन् । यस्तै शाहीले स्यानवेयक फउन्डेसनमार्फत् विकट जिल्ला डोल्पामा शिक्षण गर्दै आएका छन् । उनी पछिल्लो समय विश्वका टप ४० शिक्षकको सूचिमा समेत सूचिकृत भएका छन् । यस्तै रेग्मी राष्ट्रिय क्रिकेट खेलाडी हुन् । उनले विभिन्न समयमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेली सकेका छन् ।

यस्तै यस वर्षको लीलाराम कुन्तीदेवी न्यौपाने गरिब तथा जेहेन्दार छात्रबृत्ति अक्षय कोष स्थापनार्थका लागि १० विद्यालयलाई २ लाख ५० हजारका दरले सहयोग गरिएको छ । सहयोग पाउने विद्यालयहरुमा बहिरा बाल विद्यालय सिद्धार्थनगर, वनदेवी प्रावि सुनवल, बालकल्याण उच्च मावि रोल्पा, सुसंस्कृत मावि भैरहवा, भैरबस्थान प्रावि पाल्पा, झेर्दी आधारभूत विद्यालय गुल्मी, चुरियामाई उच्च मावि मकवानपुर, सिद्ध प्रावि पाल्पा, गीर्वाण सरस्वती सांस्कृत तथा साधारण मावि, रुपन्देही र महाकाली आधारभूत विद्यालय चितवन रहेका छन् ।

यस्तै संघसंस्थातर्फ धुर्मुस सुन्तली फाउन्डेसनलाई नगद ७ लाख १ हजार, भानु मावि सिद्धार्थनगरलाई फर्निचर खरिद गर्न १ लाख १ हजार, नेपाल क्यान्सर सफेर्ट गु्रपलाई १ लाख ५१ हजार, संस्कृत विद्याश्रम सिद्धार्थगरलाई २ लाख १ हजार, महानन्द प्रसाद उपाध्याय उच्च मावि पर्सालाई २ लाख १ हजार र दृष्टीविहीन स्रोत कक्षा भवन निर्माणका लागि वीरेन्द्र मावि छपियालाई नगद ३ लाख १ हजार सहयोग गरिएको छ ।