२२ कार्तिक २०८३, आइतबार

तीन प्रदेशका पदाधिकारीले पदभार ग्रहण गरे

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २५ बैशाख । नेपाल पत्रकार महासंघले उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई पदभार ग्रहण कार्यक्रम गरेको छ ।

महासंघमा मंगलबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आर्चायले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ बधाई तथा पूर्ण कार्यसफलताको शुभकामना दिए ।

अध्यक्ष आर्चाले निर्वाचित प्रदेश कमिटीले महासंघका तल्लो कमिटीको अनुगम तथा सदस्य वितरण गर्ने लगायताका अधिकार राख्ने भन्दै केन्द्रसँग सहकार्य गरेर काम गर्नुपर्ने धारणा राखे । उनले सहज ढंगबाट निर्वाचन गराएको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रिय निर्वाचन समितिलाई धन्यबाद समेत दिए ।

महासंघका महासचिव रमेश विष्टले निर्वाचित सबैलाइ बधाइ दिदै महासंघको प्रदेश समिति निर्वाचनसँगै महासंघ आधिकारिक रुपमा संघीय ढाँचामा प्रवेश गरेको बताए । उनले पत्रकारका पेशागत सुरक्षा तथा अन्य समस्याहरुमा महासंघ केन्द्रसँग सहकार्य गरेर अघि बढ्न आग्रह पनि गरे ।

नेपाल पत्रकार महासंघ केन्द्रिय निर्वाचन समिति संयोजक बबिता बस्नेतले निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरुलाई बधाइ तथा सफलताको शुभकामना दिइन् ।

त्यसैगरि उपत्यका प्रदेश समितिमा निर्वाचित नारान कुमार दाहाल, प्रतिष्ठान प्रदेश समिति अध्यक्ष शेखर अधिकारी तथा एसोसियट प्रदेश समिति अध्यक्षमा निर्वाचित केपी ढुंगानाले धारणा राखे । महासंघको १० वटा प्रदेश समितिको निर्वाचन यहि बैशाख २२ गते भएको थियो ।