५ कार्तिक २०८३, बिहिबार

लक्ष्मी बैंकको दुई नयाँ शाखा सर्लाही र मोरङमा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ बैशाख । लक्ष्मी बैंकले सोमबार सर्लाहीको लालबन्धि र मोरङको बेलबारी गाउपालिकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ ।

नयाँ थप शाखाहरुका साथ, लक्ष्मी बैंकको शाखा सञ्जाल ८०, ३ हस्पिटल सेवा काउन्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शखा रहित बैंकिङ तथा ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको बैंकले जनाएको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले बैंकिङ सेवालाई अझ सुदृढ अनि व्यापक बनाउने विश्वास लिएको छ ।

यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ र मोबाईल फोनमार्फत बैंकिङ सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा ५९.३२ अर्ब निक्षेप र ५२.७३ अर्ब कर्जा पुर्‍याएको बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोहि आवमा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो । यसका साथसाथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साह जनक रुपमा रहेको बैंकले बताएको छ ।