२२ कार्तिक २०८३, आइतबार

श्रममन्त्री विष्टसँग संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिको भेट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालस्थित संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि भ्यालेरी जुलियाण्डले शिष्टाचार भेट गरेका छन् ।

सोमबार भएको भेटमा नेपालको श्रम तथा रोजगारी क्षेत्रको सुधारका लागि संयुक्त राष्ट्र संघ मातहतका निकायहरुमार्फत परिचालन हुनसक्ने सहयोग र सहकार्यका विभिन्न विषयको बारेमा छलफल भएको छ ।

मन्त्री विष्टले नेपालको संविधानले परिकल्पना गरेको समतामूलक आर्थिक समृद्धिको उद्देश्य प्राप्तीका लागि श्रम तथा रोजगार क्षेत्रका हरेक चुुनौतिहरुको सामना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

यसैगरी सरकारले ‘एक परिवार एक रोजगार’ को नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेगरी आवश्यक तयारी गरिरहेको समेत मन्त्री विष्टले बताए । रोजगारीका अवसर सिर्जना गर्न र श्रमिकको श्रमको उचित पारिश्रमिक सुनिश्चित गर्न उत्पादन प्रणालीमा नै सुधार गर्नुपर्ने आवश्यकता रहेकोतर्फ इंगित गर्दै मन्त्री विष्टले आगामी दिनमा सरकारले श्रम र श्रमिककोे सम्मान जगाउने गरी बृहत अभियान गर्ने सोँच समेत बताएको बताए ।

साथै रोजगारीको माग र आपूर्तिवीच सामन्जस्यता कायम गर्न सूचना व्यवस्थापन प्रणालीको महत्वका बारेमा प्रकाश पार्दै सीपयुक्त जनशक्तिको प्रक्षेपण समेत गर्नेगरी सूचना प्रणालीको स्थापना र विकास गर्ने कार्यमा संयुक्त राष्ट्र संघ अन्र्तगतका निकायहरुबाट सहकार्य हुने अपेक्षा समेत व्यक्त गरे ।

भेटमा मन्त्रालयको तर्फबाट गरिने सुधार प्रयासमा संयुक्त राष्ट्र संघ अन्र्तगतका निकायहरुको निरन्तर सहयोग र सहकार्य रहने आवासीय प्रतिनिधि जुलियाण्ड विश्वास दिलाए ।